नागढुंगा–नौबिसे सुरुङ खन्ने काम चैतपछि मात्रै
खबर एक्सप्रेस
२०७६-०८-२५ ११:०० मा प्रकाशित
Total Shares: 879
काठमाडौं - नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने भएको छ । ५ दशमलव ७ किलोमिटर को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया सुरु भएपनि २ दशमलव ६८ किमी सुरुङमार्ग निर्माण भने आगामी चैतपछि मात्रै हुने भएको हो ।
सुरुङमार्ग निर्माणका लागि चाहिने विस्फोटक पदार्थको स्वीकृति लिनुपर्ने र निर्माण उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले सुरुङ खन्ने काम सुरु गर्न अझै ३र४ महिना लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए ।
आर्थिक अभियानबाट
फेसबुक पेज Like गर्नुहोस