काठमाडौंका नवनिर्वाचित मेयर शाहले आज सपथ लिँदै
खबर एक्सप्रेस
२०७९-०२-१६ ०९:०५ मा प्रकाशित
Total Shares: 190
काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले आज सोमबार सपथ ग्रहण गर्ने भएका छन।
बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको सपथ गराउनेछन् ।
त्यसपछि मेयर शाहले उपमेयर सुनिता डंगोल सहितका अन्य जनप्रतिनिधिहरूलाई सपथ गराउनेछन् ।
सपथ लगत्तै मेयर शाह र उपमेयर डंगोलले महानगरपालिकामा गएर पद वहाली गर्नु हुनेछ भने अन्य पदाधिकारीहले पनि सोमबार नै पद बहाली गर्नेछिन् । पद बहालीपछि पहिलो बोर्ड बैठक राखेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस