काठमाडौैं - नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुने संक्रमितको संख्या नौ हजार १९८ पुगेको छ । 

पछिल्लो २४ घन्टामा दुई हजार ३२८ संक्रमित थपिएका छन् । पछिल्लोपटक १० हजार १३३ जनाको कोरोना परीक्षण गरिएको थियो । 

यो अवधिमा तीन हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।