एसीसी यू-१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 29
काठमाडौं-नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
नेपालले जापानलाई ९ विकेटले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे ।
त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो ।
यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।
नेपालले अब तेस्रो खेलमा २९ जुनमा सिंगापुरसँग खेल्नेछ ।
फेसबुक पेज Like गर्नुहोस