आफ्नो पक्षमा सांसदलाई हस्ताक्षर गराउँदै प्रधानमन्त्री ओली
काठमाडौं - पार्टीभित्र बहुमतको विवाद चर्किरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई हस्ताक्षर गराउन थालेका छन् ।
पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुमतको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई हस्ताक्षर गराउन सुरु गरेका हुन् ।
अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारीको संकेत गरेको भन्दै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू पक्षका सांसदहरुको भेला डाकेका थिए । भेलामा सांसदहरुले आवश्यक परे बहुमत देखाएर अगाडि बढ्न सुझाएका थिए ।
ओलीले बुधबार साँझ ५ बजेको सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत देखाउन सांसादलाई हस्ताक्षर गराउन सुरु गरेको स्रोतको दाबी छ । आन्तरिक विवादकाे विषयमा छलफलका लागि साँझ ५ बजे सचिवालय बैठक बोलाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस