माछापुच्छ्रे बैकको कन्ट्रयाक्ट लेस कार्ड सेवा सुरु
काठमाडौं - माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । कन्ट्याक्ट लेस कार्डले ग्राहकलाई सहज सेवा दिने बैंकले जनाएको छ ।
यस अनुसार पिओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर राख्नु पर्दैन । कार्डको ट्याप एण्ड पे सुविधाका कारण पिओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
कन्ट्याक्ट लेस कार्ड अन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजार रुपैया सम्मको भुक्तानी गर्दा पिन आवश्यक नपर्ने विज्ञप्तिमा उल्लेख छ ।
२ हजार भन्दा बढीको कारोबारमा भने कार्डको पिन नम्बर राख्नुपर्ने जानकारी बैंकले दिएको छ । बैंकले उक्त सेवाका लागि आफ्नो अधिकांश पिओएस मेशिनलाई ट्याप एण्ड पे सुविधायुक्त बनाएर स्तरोन्नति गरिसकेको पनि जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस