नेकपा स्थायी कमिटी बैठक स्थगित
खबर एक्सप्रेस
२०७७-०१-३१ १०:०९ मा प्रकाशित
Total Shares: 392
काठमाडौं - काठमाडौं नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको हाे ।
कोरोना सङ्क्रमणको त्रास बढेकाले बैठक स्थगित गरिएको हो । स्थायी कमिटीका सबै सदस्यको स्वास्थ्य परीक्षण नगरिएकाले पनि तत्काल बैठक बस्न नसकेको हो । सांसदहरुको कोरोना परीक्षण गरिए पनि स्थायी कमिटीका सबै सदस्य भने सांसद नरहेकाले केही स्थायी कमिटीका सदस्यहरुको परीक्षण नभएको नेकपाले जनाएको छ ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् । नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस