ओलीका विश्वासपात्रको बहिर्गमन
खबर एक्सप्रेस
२०७६-११-०९ ११:०० मा प्रकाशित
Total Shares: 1271
काठमाडौं - दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे,‘म आफू भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न ।’
त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागमा टाँसिएको छ ।त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीवार सार्वजनिक भयो ।
कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भए ।
ओली सरकारमा मन्त्रीहरू भित्रिनु, बाहिरिनु नौलो घटना होइन तर बाँस्कोटाको बहिर्गमनको प्रकृति अन्यभन्दा भिन्न र अर्थपूर्ण छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस