काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ९८ हजार हजार २ सय रुपैयाँमा कायम भएको थियो । 

तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । पछिल्लो तीन दिनमा सुन प्रतितोलामा २ हजार रुपैयाँले घटेको छ । 

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।