विराटनगरका विद्यालय आज र भोलि बन्द
खबर एक्सप्रेस
२०८०-०२-१८ ११:०५ मा प्रकाशित
Total Shares: 108
विराटनगर-विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन बिदा दिने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएपछि विदा दिने निर्णय गरेको हो।
गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि बिहीबार र शुक्रबार विदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।
नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस