जनताको समस्या समाधानमा सरकार बेखबर भएको प्रदीप ज्ञवालीको आरोप
काठमाडौं - नेकपा ९एमाले०का सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताए।
उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसावबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे ।
सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए । उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने बताए।
सांसद ज्ञवालील गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? भन्दै प्रश्न गरे । जनतालाई मलखाद र विद्यार्थीलाई पाठ्यपुस्तक दिन नसक्ने सरकारसँग हतियारमा खर्च गर्नु लज्जाको विषय भएको उनले बताए ।
सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस