बाँकी जीवन बोनसको जीवन हो, कुनै कार्यकारी पद लिन्नँ : झलनाथ
काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश फर्किएका छन् ।
भारतको एपोलो अस्पतालमा उपचार गराएर सोमबार स्वदेश फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताएका छन् ।
त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गर्न पुगेका थिए । त्यसक्रममा त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफूले पुनर्जीवन पाएको बताए । साथै, बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् ।
‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ, अव मेरो बाँकी जीवन बोनसको जीवन हो,’ खनालले भने, ‘उमेरले ७१ वर्ष पार गरिसकेँ, अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’
फेसबुक पेज Like गर्नुहोस