काठमाडौं - समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमलासहितका नेता(कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली र धमलालाई पार्टी प्रवेश गराएका हुन् ।

धमला र पराजुलीसँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्ता समेत नेकपामा प्रवेश गरेका छन्। नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि धमलासहितको समूह असन्तुष्ट थियो ।