काठमाडौं - सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेका हुन् ।

केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उनले बताए ।

त्यस्तै बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यससँगै बैठकले अन्य विभिन्न १४ वटा निर्णय गरेको छ ।