काठमाडौं - विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेका 'डन' का रुपमा चिनिएका व्यक्तिहरु अझै राजनितिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।

राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरु प्रहरीको इन्काउन्टर अपरेसनपछि केही कमजोर देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् ।

सोही आडमा उनीहरुले आफूलाई डनका रुपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् । केही डन त राजनितिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै संसद सम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् ।

नेपाल प्रहरीका प्रकक्तासमेत रहेका डिआइज विश्वराज पोखरेल भने डनहरु अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् ।

राजधानी दैनिकबाट