एनबी बैंक एक्विजिसनपछि नबिलको नामबाट सुरु भयो कारोबार
खबर एक्सप्रेस
२०७९-०३-२७ ०३:३० मा प्रकाशित
Total Shares: 335
काठमाडौं - नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरी सोमबारदेखि आफ्नो नामबाट कारोबार सुरु गरेको छ ।
नबिलले सोमबारदेखि एकीकृत कारोबार सुरु गरिएको जानकारी गराएको छ । यद्यपि दुवै बैंकले आइतबार एक सूचना जारी गर्दै डाटा माइक्रेसनमा ढिलाइ भएका कारण सोमबार पनि सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने जानकारी गराएका थिए ।
सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकाले डाटा माइग्रेसनमा ढिलाइ भएको जनाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस