राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८२-०४-१८ ०७:०२ मा प्रकाशित
Total Shares: 128
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट भएको हो। भेटमा समसामयिक राजनीतिक र राष्ट्रपतिले फिर्ता पठाएका संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रमाणीकरणका लागि गत ३१ असारमा राष्ट्रपतिसमक्ष पठाइएको थियो। तर राष्ट्रपति पौडेलले पुनर्विचारका लागि विधेयक उत्पत्ति भएकै सभामा फिर्ता पठाएका थिए।
यस्तै भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराएको जनाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस