एजेन्सी - इटालियन लेजेन्ड गोलकिपर जियानलुईजी बुफोनले युभेन्ट्ससंग एक वर्षको सम्झौता थपेका छन् । सोमबार क्लबसँग बुफोनले थप एक वर्ष सम्झौता लब्याएका हुन् ।

४३ वर्षिया बुफोन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा एक सिजन बिताएपछि बुफोन गत सिजन युभेन्ट्स फर्किएका थिए ।

सन् १९९५ मा पार्माबाट व्यवसायीक फुटबल करियर सुरु गरेका बुफोनले २००१ मा युभेन्ट्सका लागि डेब्यु गर्दै ५ सय लिग खेलमा सहभागीता जनाइसकेका छन् ।

यस्तै, युभेन्ट्सका कप्तान जर्जिगो चिलिनीले समेत क्लबसंग एक बर्षको सम्झौता नविकरण गरेका छन् । युभेन्ट्सले सिरि ए फुटबलमा ४ अंकका साथ शिर्षस्थानमा अग्रता लिएको छ ।