पछिल्लो २४ घन्टामा थपिए ४७६ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७८-११-१० ०५:२१ मा प्रकाशित
Total Shares: 286
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ४७६ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४२४ जनाको नमुना परीक्षण गरिएकोमा ४७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप ३ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ८३१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस