बलात्कार आरोपी सिद्धबाबाः जसले प्रचण्डलाई भैँसी पूजा गर्न लगाए
इटहरी - बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ।
गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति–केन्द्रलाई समेत ‘कन्भिन्स’ गरेर ल्याउँथे। नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नसाथ आश्रममा पुग्थे ।
गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे। त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैंसी पूजा गराए । दाहालपछि आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई डाके ।
थप्रैपटक मन्त्री भएका र अहिले बलात्कार आरोपमै पुर्पक्ष थुनामा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीको आश्रममा आशीर्वाद लिन आएका थिए।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस