काठमाडौं ,दैलेख - नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन्।

माओवादी केन्द्रका उम्मेदवार सुवेदी नेपाली का‌ंग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्। 

सुवेदीले ३ हजार २००  मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५४४ मत प्राप्त गरे। नेकपा एमालेका शशिराम विकले १ हजार ९२० मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन्। उनले २ हजार ८३४ मत प्राप्त गरेका छन् । कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४०५ मत प्राप्त गरेकी छन्, नेकपा एमालेका रिता चन्दले १ हजार ९१८ मत प्राप्त गरेकी छिन्। 

उपाध्यक्ष पदमा विजयी  शाही नेपाली काँग्रेसको गाउँपालिका सभापति पद छोडेर एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा उठेका थिए।