एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध
काठमाडौं - डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ को सुरुवात गरेको छ ।
आफ्ना लाखौं ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले एनआईसी एसिया मो बैंकमार्फत यस नवीन कार्यको थालनी गरेको छ ।
डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस कस्टुमर केयरबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको एनआईसी एसिया मो बैंकएप भित्र रहेको यस कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् :-
च्याटबट : मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहकहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/मिस्ड कल बैंकिङ्ग तथा क्यूआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिनेछ ।
बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत ग्राहकहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
गुनासो टिकट : ग्राहकहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सकिनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्रयाकिसमेत सजिलै गर्न सकिनेछ ।
भिडियो टुटोरल : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहकहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सकिनेछ ।
ईमेल सुविधा : ग्राहकहरूले यस कस्टुमर केयरभित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।
फ्याक्स : बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहकहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सकिनेछ ।
ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुयाउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस