पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा प्रदर्शन
खबर एक्सप्रेस
२०७७-०३-२८ ०२:२८ मा प्रकाशित
Total Shares: 415
काठमाडौं - नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नेविसंघले आइतबार बबरमहलस्थित आयल निगम अगाडी प्रदर्शन गरेको हो ।
महामारीको बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई थप संकटमा धकेलेको विरोधमा निगम घेराउ गरिएको नेविसंघले जनाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार मात्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने उनीहरुको माग छ ।
प्रदर्शनमा नेविसंघ अध्यक्ष राजिव ढुंगानालगायतका नेविसंघ पदाधिकारीहरु टाउकोमा कालोपट्टी लगाएर सहभागि थिए ।
फेसबुक पेज Like गर्नुहोस