यौन दुर्व्यवहारको उजुरीपछि एसएसपी राणा निलम्बित
खबर एक्सप्रेस
२०७६-१०-१७ ११:०० मा प्रकाशित
Total Shares: 319
काठमाडौं - नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् ।
उनलाई यौन हिंसाको उजुरी परेपछि गृह मन्त्रालयले निलम्वन गरेको हो । गृहका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले उनलाई बिहीबार निलम्बन गरिएको बताए । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।
एसएसपी राणा संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत थिए । यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध यौन हिंसाकाे उजुरी लिएर गृह पुगेकी थिइन् । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस