काठमाडौं - काठमाडौं महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् । 

झण्डै २४ हजार मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै १५६७४ मत प्राप्त गरेकी छन् । जुन गणना भएको मतको झण्डै दुई तिहाई हो । साथै, गठबन्धनका उम्मेदवारले पाएको भन्दा पनि तीन गुणा बढी मत हो । 

गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५०१५ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ३४४९ मत पाएकी छन् । यस्तै, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३८६ मत प्राप्त गरेकी छन् ।