काठमाडौं - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुकुम पश्चिम घटनालाई लुकाउन राज्य नै लागेको आरोप लगाएका छन् । संसदीय छानबिनको लागि लडौँ भनेर आह्वान गरेका छन् ।

मुद्धा चलाउने अड्डाका प्रमुख नै दलित नरसंहार लुकाउने लागि परेको उनको भनाई छ ।

बिहिबार सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्,:

'रूकुम दलित नरसंहारवारे गृहमन्त्रीपछि महान्यायाधिवक्तालेअनुसन्धन्धानले त्यस्तो पुष्टी गर्नेवाला छैन’भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको प्रष्ट भएको छ। मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसी सक्किगो! त्यसो त सांसद अपहरण काण्ड फासफुस पारेकै हो! संसदीय छानवीन निम्ति लडौं !'