भक्तपुरको मनोहरा फाँटमा ट्रकको ठक्करबाट बालकको मृत्यु
खबर एक्सप्रेस
२०७९-०६-०७ ०२:१७ मा प्रकाशित
Total Shares: 168
भक्तपुर - भक्तपुरको मनोहरा फाँटमा आज बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठ रहेका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो ।
सडक छेउमा खेल्दै गरेका उनलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस