काठमाडौं - साताको पहिलो दिन आज (आईतबार) नेपाली बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७९ हजार २ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आईतबार प्रतितोलामा १ हजार २ सयले घटेर ७८ हजारमा कारोबार भैरहेको हो । यस्तै, आईतबार तेजाबी सुन प्रतितोला ७७ हजार ७ सयमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आईतबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य घट्यो
खबर एक्सप्रेस
फाल्गुन १८, २०७६
३३८


.gif)

