काठमाडौं  - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध पूर्वराज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले  सोमबार बबरमहलस्थित कार्यालयमा आफूमाथि अपहरण भएको भन्दै  निवेदन दिएका छन्।  उनले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्।

यसअघि सरकारी वकिल कार्यालयले यादवको निवेदन दर्ता गर्न मानेको थिएन । निवेदन दर्ता नगरेपछि उनी र उनको दल राष्ट्रिय मानवअधिकार आयोगमा समेत गएको थियो । उनले मानव अधिकार आयोगमा महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध निवेदन दिइसकेका छन् । 

जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौँ समेत पुगेको थिए । महानगरिय प्रहरीले उनको जाहेरी लिन नमानेपछि उनी जिल्ला सरकारी वकिल कार्यालय गएका थिए । त्यहाँ पनि निवेदन दर्ता नभएपछि उनी मानवअधिकार आयोग पुगेका थिए ।