काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विषादी परीक्षणबाट पछि हटेर सरकारले छिमेकीसँग घुँडा टेकेको आरोप लगाएको छ । सरकारले आफैंले घोषणा गरेको नीतिबाट पछि हटेर लम्पसारवादी नीति लिएको कांग्रेसको आरोप छ ।

आईतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार शक्तिहरुको सामुन्ने निरिह र लम्पसार भएको आरोप लगाए । ‘जनताको जीवनको रक्षा गर्ने सरकारले जनताको जीवनसँग खेलबाड गरेर त्यहि अखाद्य तरकारी र फलफूल जस्ताको तस्तै ल्याउन दिने अधिकार गरेको छ ।

सरकारले घुँडा टेकेको छ ।’ खाँडले भने, ‘सरकारले लम्पसारवादी नीति अगाडि बढाएको छ । सरकारले शक्तिहरुको सामुन्ने आफुँ निरिह र लम्पसार भएको छ ।’ सरकारको लम्पसारले आम नेपाली जनतामाथिको स्वास्थ्यमा गम्भिर प्रश्न चिन्ह खडा गरेको खाँडले बताए ।

खाँडले प्रतिपक्षीले साथ दिँदादिँदै किन आफैंले लिएको नीति परिवर्तन गरेको भनि प्रश्न गरेका छन् । उनले विषादी परिक्षण गर्ने कामलाई नरोक्न पनि सरकारलाई सुझाएका छन् । ‘जीवन रक्षाको अधिकार, संवैधानिक हकको अधिकार, खाद्य सुरक्षासम्बन्धी अधिकार र जनताले सुरक्षापुर्वक जीवन यापन गर्न पाउने अधिकारको रक्षा गरियोस् । कांग्रेसको तर्फबाट सदनमा गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’ खाँडले भनेका छन् ।

खाँडले हिजो किन रोकेको र आज केका लागि ल्याउन दिएको भन्दै प्रश्न गरेका छन् । ‘यो अखाद्य पदार्थ बजारमा छ्याप्प छ्याप्ती किन ल्याउन दिइएको छ रु’ खाँडले प्रश्न गरे, ‘किन हिजो रोकियो रु के का लागि रोकियो रु’ खाँडले किन रोकेको र किन घुँडा टेकेर रोकेको कुरालाई फिर्ता लिएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।