घुस लिनेमा इन्जिनियर धेरै
खबर एक्सप्रेस
२०७६-०८-२३ ११:०० मा प्रकाशित
Total Shares: 272
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ ।
घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ ।
अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए । भदौमा मात्रै अख्तियारले आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस