कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु, ३४७ जनामा संक्रमण
खबर एक्सप्रेस
२०७९-०४-०८ ०४:४६ मा प्रकाशित
Total Shares: 305
काठमाडौं - कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ।
आइतबार थप ३४७ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३०३ र एन्टीजेनबाट ४४ जनामा संक्रमण देखिएको हो।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ९५ जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हालः ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस