काठमाडौं एजेन्सी - भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

विद्रोहीविरुद्धको कारवाहीमा ठुलो संख्यामा खटेका सुरक्षाकर्मी र विद्रोहीबीच ४ घन्टासम्म भिडन्त चलेको बताइएको छ । जसमा ३२ जना सुरक्षाकर्मी घाइते भएका छन् । उता, विद्रोहीतर्फ कति हताहत भयो भन्ने खुलेको छैन । 

शनिबारको आक्रमणलाई पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण भनिएको छ।

यो घटनासँगै भारतका प्रधानमनत्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन् ।