काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा हाल भइरहेको राजनीतिक घटनाप्रति आक्रोश पोखेका छन्। उनले आज एक ट्वीट गर्दै जनताको स्वास्थ्य समस्यालाई थाती राखेर सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको प्रति आक्रोश पोखेका हुन्।  

उनले सत्ता र शक्तिको भरमा शासक र उनका मतियारले गरेको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन्।  

उनले लेखेका छन्, 'यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।'