काठमाडौं - बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।

आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय जना र अन्य दिन पाँचदेखि सात सय जनाको हाराहारीमा दैनिक सीधै सेवाग्राही विभाग पुग्छन् । जिल्लाबाट आउने फारामसमेत गरी हरेक दिन करिब तीन हजारले सेवा लिन्छन् । यति ठूलो सेवा दिने ‘आईएसओ’ प्रमाणपत्र पाएको विभागको गेटमै फुटेको ढल देखियो । कार्यकक्षभित्र कतिपय राम्रो काम भइरहे पनि त्यसको झल्को बाहिरको वातावरणले महसुस गराएन ।

सेवाग्राही कुर्ने कुर्सीका लर्कोपट्टि फुटेको ढलमा घाम परेसँगै दुर्गन्ध फैलँदै थियो । “पहिले आउँदा पनि यो यस्तै थियो, अहिले पनि यस्तै ढल फुटेर फोहोर नै रहेछ,” एक सेवाग्राहीले थपे, “हेर्नुस् न यो डस्टबिन कस्तो फोहोर रु” परिसर छिर्नासाथ दायाँतिर शौचालय छ । शौचालयबाट गेटतिर बगेर आउँदै गरेका तरल शौचका दुर्गन्धले हरेकका नाक खि¥याउँदै थियो ।

सेवा चुस्त

बाहिर जे भए पनि विभागले दिने आन्तरिक सेवामा भने निकै चुस्तता बढेको पाइयो । राहदानी बनेको खबर पाएपछि लिन आएका सेवाग्राहीदेखि तत्काल बन९ाउन आएकाको चहलपहल बढ्दो थियो । पहिले पहिले बिचौलिया र बाहिरका व्यापारीको क्रीडास्थल बन्ने गरेको विभागको त्यो पाटो सुधारिएको सेवाग्राहीकै टिप्पणी थियो ।

कैलालीका चन्द्रबहादुर घर्ती आफ्ना छोराको राहदानी बनाउन एक दिनभर गाडीको यात्राबाट १०ः१५ बजेको आसपास विभागमा आइपुगे । ुछोरालाई विदेश पठाउने हो, त्यसैले राहदानी बनाउन आएको,' उनले भने, 'ऊ भित्र गएको छ, हामी यहाँ कुर्दैछौँ ।'

'द्रुत राहदानी सेवाका लागि लाग्ने शुल्क भने महँगो भयो, सामान्यभन्दा थोरै मात्र बढाए हुन्थ्यो, सूर्यबहादुरले थपे। द्रुत सेवाबाट राहदानी लिँदा तीन दिनमा राहदानी प्राप्त गर्न १० हजार, दुई दिनमा पाउन सक्नेको १२ हजार र एकै दिनमा प्राप्त गर्न सक्ने सेवाको १५ हजार रुपियाँ शुल्क रहेको छ । बुटवलकी सविता विष्ट तीन दिनअघि सहजै काम सकेर बिहीबार राहदानी लिएर फर्कंदै थिइन्। आएकै दिन बिहान दुई घण्टामा कागजपत्र दर्ताको काम सकेर उनी फर्किएकी हुन् । 

सुनवलकी मनिषा बराल भने बिहीबार नै विभागमा दु्रत राहदानी बनाउन आइन् । सजिलै तीन दिनमा राहदानी पाउने भएपछि उनी मख्ख परिन्। लमजुङका मिलन गुरुङले पनि राहदानी लिन लाइनमा बसेको बताए। यसरी कुरेर बसेकाको नाम बोलाएपछि टोकनका आधारमा लिन जानुपथ्र्यो । 

गोरखापत्र दैनिकबाट