काठमाडौं - सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ ।
स्थायी कमिटी बैठक बस्नुअघि बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको बालुवाटार स्रोतले बतायो । यद्यपी, बैठकमा के कुरा भयो भन्ने खुलेको छैन । छलफलपछि स्थायी कमिटी बैठक बस्ने बताइएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्को नियुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि प्रचण्डले आलोचना गरेका थिए। पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै उनी चिढिएका हुन्। त्यहीँ विषयलाई आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारीमा छन्।
अध्यादेशपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यसअघि गत २८ गते बसेको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर बुधवारसम्मका लागि स्थगित भएको थियो ।

.gif)



