देउवा निवासमा शेखर–देउवाबीच ‘वान टु वान’ वार्ता
खबर एक्सप्रेस
२०८२-०९-२४ ०९:५२ मा प्रकाशित
Total Shares: 36
काठमाडौं-नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चर्किएको विवादकाबीच सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच वार्ता भएको छ ।
सभापति देउवाको महाराजगञ्जस्थित निवासमा जारी भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनका विषयमा दुई शीर्ष नेताबीच वान टु वान छलफल भएको हो ।
वार्ताका क्रममा नेता कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न र कांग्रेसलाई एकतावद्ध बनाउने पहल कदमी लिन सभापति देउवालाई आग्रह गरेका छन् ।
विशेष महाधिवेशनका कारण पार्टी विभाजनको आशंका बढिरहेका बेला भएको यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस