बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन र सिट संख्या तोकिदिन केयुको सिफारिस
काठमाडौं - काठमाडौं विश्वविद्यालय (केयु)ले झापाको बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ ।
केयुका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले सिट संख्यासहित स्वीकृतीका लागि आयोगलाई सिफारिश गरेका हुन् ।
विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले कलेजको प्रारम्भिक निरिक्षण गरेको र निरीक्षण प्रतिवेदनअनुसार बि एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६)अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगबाट आवश्यक निर्णय गरिदिन केयुले पत्राचार गरेको छ ।
केयुको ३१ बैशाख बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट संख्याका लागि सम्बन्धन दिने र सिट संख्या निर्धारणका लागि आयोग पत्र पठाउने निर्णय गरेको पत्रमा भनिएको छ ।
फेसबुक पेज Like गर्नुहोस