काठमाडौं - उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा शक्तिशाली बम विस्फोट भएको छ ।

अज्ञात समूहले विहिबार राति गरेको विस्फोटमा परि ५ मजदुर घाइते भएका छन् । घाइते हुनेमा कटारी नगरपालिका–८ का विष्णुबहादुर मगर, वडानं ७ का नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ, मकवानपुरका सागर मोक्तान र शिब शंकर मोक्तांन रहेका छन् । घाइतेको कटारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

खानीमा रहेका ४ वटा एक्स्काभेटर र एउटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।