काठमाडौं - कोरोना भाइरसका कारण चीनबाट भित्रिने पर्यटक प्रभावित भएपछि नेपालका पर्यटन व्यवसायीले यसको विकल्प खोजी गर्न थालेका छन् । 

भ्रमण वर्ष २०२० शुरू भएकै महिना चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना भाइरसपछि भ्रमणमा जाने चिनियाँ पर्यटकले बुकिङ रद्द गर्दा त्यसको असर नेपालको पर्यटन क्षेत्रमा पनि देखिएको छ ।

त्यसको असर कम गर्दै अन्य पर्यटकीय बजार स्रोत खोज्न विशेष प्याकेज उपलब्ध गराउने विषयमा व्यवसायीले प्रयास शुरू गरेका छन् ।

गोरखापत्र दैनिकबाट