पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-१३ ०४:१९ मा प्रकाशित
Total Shares: 219
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ७३६ र एन्टिजेन विधिबाट ६ हजार ७२ जनामा परिक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट १५ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६८७ छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस