प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक देउवाद्वारा बहिस्कार
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा उपस्थित नहुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान ९ बजे बोलाएको परिषदको बैठकमा सभापति सभापति भने विभिन्न कारणवश उपस्थित हुन नसक्ने बताएका हुन् ।
कांग्रेसले सोमबार सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ । त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई सन्देश पठाएका हुन् । तर, कानुनी व्यवस्थाका अनुसार संवैधानिक परिषदमा विपक्षी दलको नेताकाे उपस्थिति अनिवार्य हुनुपर्ने छ।
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने बताइएको छ । लामो समयदेखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त पद रिक्त छन् । यस्तै, राष्ट्रिय दलित आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग लगायतका संवैधानिक निकायहरु पदाधिकारी बिहीन भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस