काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले  विभिन्न पाँच वटा अध्यादेश जारी थरेकी छन् । मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्ध, तेजाव आक्रमणलगायत विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन्। 

त्यस्तै,  तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ पनि जारी भएको छ । 

विज्ञप्तिः-