चीनबाट ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य चेक जाँच गर्न ६० जना स्वास्थ्यकर्मी खटाइने
काठमाडौं - चीनको वुहानमा रहेका १८० विद्यार्थीको स्वास्थ्य चेक जाँच गर्नको लागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० जना स्वास्थ्यकमीलाई खटाउने भएको छ ।
मन्त्रालयको प्रवक्ता सागर दाहालका अनुसार क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले आज (सोमबार) अभिमुखीकरण तालिमसमेत दिदै छ।
तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अस्वस्थ आइलागेमा के गर्ने भनेर सिकाउने उनले जानकारी दिए।
तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ। निगरानीमा खटिने ६० जना स्वासथ्यकर्मी फरक-फरक अस्पतालमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस