धनगढी-धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकलमा स्कुल जाँदै गरेकी बालिकाको मृत्यु भएको छ। बिहीबार धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर– पिपल चौतारा सडकखण्डमा ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको हो।

पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारेका हुन्। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।