काठमाडौं - बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्। नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ÷छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो।

नयाँ  भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा  प्रतिबन्ध लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले  गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो। त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा। गौतमले बताए।

मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट