पहिलो पटक एमाले कार्यदलको बैठक बस्दै
काठमाडौं - नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलको यो पहिलो बैठक हो ।
जेठ २ गते गठित कार्यदलमा १० सदस्य छन् । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक छन् भने बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।
२ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति जुटेपछि कार्यदल गठन भएको हो ।
कार्यदलमा ओली पक्षको तर्फबाट नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षको तर्फबाट रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
फेसबुक पेज Like गर्नुहोस