संसदीय गरिमा र मर्यादामा रहेर बोल्न सांसदलाई सभामुखको रुलिङ
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसदहरूलाई रुलिङ गरेका छन् ।
सांसदहरूले बोल्ने क्रममा एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने सिलसिला संसद् बैठकमा बढ्दै जान थालेपछि सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना गर्न रुलिङ गरेका हुन् ।
उनले भने, ‘माननीय सदस्यहरूले बोल्ने क्रममा आरोप–प्रत्यारोपजस्तो भइरहेको छ । त्यसकारण म नियमावलीको २१ को ‘ङ’तिर सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु । हामीले सबैको बुद्धि–विवेक लगाएर असाध्यै जोखिमपूर्ण समयमा पनि सदन चलाइरहेका छौँ । राष्ट्रिय महत्वका विषयमा हामी निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ ।
एउटा शक्तिशाली सन्देश दिन सफलतामा गइरहेको वेलामा व्यक्तिगत टीकाटिप्पणी आरोप–प्रत्यारोपतिर नजाऔँ । विषय उठिसकेको छ । मैले रुलिङ पनि गरिसकेको छु । सबै विवरणहरू हामी पल्टाएर हेर्नेछौँ ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस