साझा पार्टीका केन्द्रीय नेतासहित दर्जन बढी कार्यकर्ता प्रहरी नियन्त्रणमा
काठमाडौं - साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १ सय ७५ जनाविरूद्ध चलाएको मुद्दाप्रति आपत्ति जनाउँदै शुक्रबार आयोगकाे कार्यालय अगाडि सिठी जुलुससहित विरोध प्रदर्शन गर्ने क्रममा साझाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित नारायण कोइराला, प्रकाशचन्द्र परियार लगायत छन् ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ । बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेता माधव कुमार नेपाल विष्णु पौडेल लगायतलाई अख्तियारले मुद्दा चलाउन नपर्ने जनाएपछि विरोध चर्केको हो ।
फेसबुक पेज Like गर्नुहोस