पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अपहेलना मुद्दा दर्ता
काठमाडौं - पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।
राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अपहेलना मुद्दा मंगलबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले अपहेलना मुद्दा दर्ता गरेको बताएका छन् ।
ढुंगानाले संविधानसभा सदस्य मञ्च नेपालद्वारा आयोजित अन्तरक्रियामा प्रतिनिधिसभा विघटनका बारेमा बहस गर्दा संवैधानिक र राजनीतिक दुवै पक्षबाट हेर्नुपर्ने भन्दै संविधानअनुसार फैसला गर्नुपर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्ने बताएका थिए ।
यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि दुई वटा अपहेलना मुद्दा दर्ता भएको छ ।
फेसबुक पेज Like गर्नुहोस